ढाका । बंगलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएको हो ।
देशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकाले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए ।
हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता