काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने छ ।
तर साँझबाट भने देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, (मंगलबार) पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts