छ महिनामा २१ वाणिज्य बैंकको नाफा ३१ अर्ब

Read Time = 5 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा वाणिज्य बैंकहरूले २१ अर्बभन्दा बढी मुनाफा आर्जन गरेका छन् । २२ वाणिज्य बैंकमध्ये २१ वटाले गत पुससम्म ३१ अर्ब सात करोड ८० लाख रुपैयाँ मुनाफा आर्जन गरेका हुन् । २१ वाणिज्य बैंकको खुद मुनाफा गत आवको सोही अवधिको तुलनामा ११.७० प्रतिशतले बढेको छ । गत आव सोही अवधिमा २१ वाणिज्य बैंकले कुल २७ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । चालु आवको पुसभित्रै आठ वाणिज्य बैंक मर्जर तथा प्राप्तिमा सहभागी भएर २२ वटा कायम भएका छन् भने चार वाणिज्य बैंक मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका छन् । हालै एकीकृत कारोबारमा सुरु गरेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले भने वित्तीय विवरण प्रकाशित गरेको छैन ।

चालु आवमा ग्लोबल आइएमई बैंकले तत्कालीन बैंक अफ काठमाण्डुलाई, प्रभु बैंकले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकलाई र कुमारी बैंकले तत्कालीन एनसिसी बैंकलाई प्राप्ति गरेको छ । तथापि चालु मर्जरबाट ठूला बनेका बैंकभन्दा एभरेष्ट बैंकको मुनाफा उच्च रहेको छ । एभरेष्टले गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ८८.३४ प्रतिशतले मुनाफा बढाएको छ । गत आवको पुससम्म ८३ करोड ८९ लाख रुपैयाँ मुनाफा कमाएको एभरेष्टले चालु आवको सोही अवधिमा एक अर्ब ५८ करोड कमाएको हो । दोस्रो नम्बरमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा ६२.०४ प्रतिशतभन्दा बढी अर्थात् एक अर्ब ७५ करोड मुनाफा आर्जन गरेको छ । नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको नबिल बैंकले चालु आवको दोस्रो त्रैमासमा तीन अर्ब ४१ करोड रुपैयाँ खुद आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले दुई अर्ब १८ करोड मुनाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा खुद मुनाफा ५६.४२ प्रतिशतले बढाएको हो ।

ADVERTISEMENT

त्यस्तै, एनआइसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासमा तीन अर्ब २७ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत आवभन्दा ३६.२५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा दुई अर्ब ४० करोड नाफा कमाएको थियो । ग्लोबल आइएमई बैंकले दुई अर्ब ७८ करोड र राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ७१ करोड रुपैयाँ मुनाफा कमाएका छन्् । एनएमबी, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम र एभरेष्ट बैंकको मुनाफा भने डेढ अर्बदेखि दुई अर्ब हाराहारी रहेको छ ।

गत आवको दोस्रो त्रैमासमा आर्जित खुद मुनाफामा चालु आवको सोही अवधिमा १४ वटा वाणिज्य बैंकले ०.९९ प्रतिशतदेखि ८८.३४ प्रतिशतसम्म बढाएका छन् । तर, सात वाणिज्य बैंकको मुनाफा भने घटेको छ । कृषि विकास बैंक, सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक, सनराइज, प्रभु र प्राइम बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा घटेको हो । उल्लेखित बैंकहरूको खुद मुनाफा गत आवको दोस्रो त्रैमासभन्दा १.२० देखि १०९.०८ प्रतिशतसम्मले घटेको छ । सबैभन्दा बढी कृषि विकास बैंक र सबैभन्दा कम प्राइम कमर्सियल बैंकको घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?