बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘सोनाम ल्होसार’को शुभकामना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोनाम अर्थात् तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसार २५८९ ले सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्नुहुँदै ‘सोनाम ल्होसार’ तामाङ समुदायमा नयाँ वर्षका रूपमा धुमधामका साथ मनाइने पर्व भएको उल्लेख गर्नुहुँदै सबैमा सुख, शान्ति र समृद्धि अभिवृद्धि हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको हो ।

ADVERTISEMENT

शुभकामना सन्देशमा भनिएको छ, “नव वर्ष आरम्भको यस सुखद् घडीमा ल्होसार पर्व मनाउने समुदायका स्वदेश-विदेशमा रहनुहुने दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरूप्रति सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।” शुभकामना सन्देशमा उहाँले विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवं बन्धुत्व र पारस्परिक मेलमिलाप नै हाम्रो समाजको मूल चरित्र भएको जनाउँदै हाम्रा यस्ता राष्ट्रिय धरोहरप्रति हामी सबैले गौरवबोध गर्न सक्नुपर्ने बताउनुभयो ।

उहाँले यस्ता पर्वले सामूहिक हित, आपसी सम्मान र भाइचाराको सम्बन्ध विकास तथा विस्तारमा प्रेरित गर्न सकोस् भन्ने शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *