चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति एल्ड्रिनले गरे ९३ औं जन्मदिनमा चौथो विहे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेका छन् ।

अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले विवाह गरेका हुन् ।

‘मेरो ९३औं जन्मदिनमा मेरो लामो समयदेखिको प्रेम डा। एन्का फाउर र मैले विवाहिक सम्बन्धको गाँठो कसेका छौं,’ एल्ड्रिनले आफ्नो र ६३ वर्षीय फौरको तस्बिरसहित ट्वीट गरेका छन्।

ADVERTISEMENT

उनले भनेका छन्, ‘हामी लस एन्जलसमा एक सानो निजी समारोहमा पवित्र विवाहमा सामेल भयौं। हामी प्रेमपछि भागी विवाह गर्ने किशोरहरू जत्तिकै उत्साहित छौं।’

एल्ड्रिन अमेरिकी अन्तरिक्ष यात्री अपोलो ११ अभियानको अन्तिम जीवित सदस्य हुन्। उनी र नील आर्मस्ट्रङ्गले जुलाई २०, १९६९ मा चन्द्रमामा पाइला टेकेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज