वैदेशिक रोजगार संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न संघको २९औँ साधारणसभाले भण्डारीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्षमा चार प्रतिस्पर्धी रहेकोमा भण्डारीले एक सय ९९, कुमुद खनालले एक सय ३१ र ईश्वरी जिसीले एक सय २८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोशन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले निर्वाचित हुनुभएको छ ।

ADVERTISEMENT

सदस्यमा कैलाश पाठक, चन्द्रबहादुर लिम्बू, तोरनकुमार कार्की, वैकुण्ठप्रसाद पौडेल (वैभव), राजेन्द्र बस्नेत, देउमान नेम्वाङ, आनन्द कोइराला, देवमाया थापा र विक्रम श्रेष्ठ रहनुभएको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज