विपरीत लिङ्गप्रतिको आकर्षण स्वभाविक मान्छ मनोविज्ञान । एक अर्काप्रतिको आकर्षण नै प्रेम मान्ने परम्परा समाजमा विद्यमान रहेको छ । आमाले छोराप्रति गर्ने माया, पतिपत्नीका बीचमा हुने माया, दाजुुबहिनीका बीचमा गाँसिने माया, प्रेमी र प्रेमिका बीचमा हुने माया भिन्न भिन्न खालका हुुन्छन् । विपरीत लिङ्गप्रतिको आकर्षण प्रेम र यौन मान्ने मनोवैज्ञानिक सिद्धान्तलाई हाम्रो परम्पराले भिन्न तरिकाले हेर्ने गरेको छ । हामी आफ्नो संस्कार र परम्पराको अमूूर्त चिन्तनमा प्रेमलाई समावेश गर्न सक्दैनौँ ।
प्रेम भौतिक हो । भौतिक प्रेमलाई आध्यात्मिक बनाउन सक्ने आधार हाम्रा संस्कारमा विद्यमान रहेको छ । प्रेम संसार हो । संसारका सबै प्रक्रिया र पद्यतिको रूप पनि प्रेम हो । यही संसारको भाव र भावनामा प्रेमको प्रक्रिया गतिशील बनेको हुन्छ । सामान्यरूपमा एउटा वस्तुुप्रतिको प्रेम र विपरीत लिङ्गप्रतिको प्रेम समान परिस्थितिको हुुँदैन ।
सिंह हुँदाहुँदै सिंहको आहार यदि स्यालले खोस्यो भने सिंहको औचित्य समाप्त हुने तर्कलाई रुक्मिणीले गतिलो तरिकाले उठाएकी छिन् । सिंह कमजोर भए पनि स्यालको रजाइँ चल्दैन भन्ने कुरा रुक्मिणीले जानेकी छिन् । कति मिठो उदाहरण प्रस्तुत गरिन उनले ।
संसारका वस्तुुप्रतिको प्रेम मोह हो । यही मोहलाई संसार मान्छ अध्यात्म । यही चेतनाको एउटा नमुना हो कृष्णकी पहिली विवाहिता पत्नी रुक्मिणीको प्रेमपत्र । रुक्मिणीको विवाह शिशुुपालसित गर्ने निधो भयो । रुक्मिणी शिशुुपालसित वैवाहिक सम्बन्धमा बाँधिन चाहिनन् । उनले कृष्णलाई प्रेम गरेकी थिइन् । कृष्णसित प्रेम र शिशुुपालसित विवाहको कुरा उनलाई मन परेको थिएन । विवाहको प्रस्ताव नआउँदासम्म चुुप लागेर बसेकी उनले कृष्णलाई प्रेमपत्र पठाइन् एक ब्राहृमणका हातमा ।
प्रेमको आधार :
प्रेमको पहिलो आधारका सम्बन्धका साहित्यमा भनिएको छ ‘पूूर्वारक्तताभवेन्नारी पुुमान् पश्चात् तदिङ्गतै’ पहिला नारी पुुरुषप्रति अनुुरक्त हुन्छन् र पछि पुुरुष नारीप्रति अनुुरक्त हुन्छ भनिएको छ । विवाहको सन्दर्भमा रुक्मिणी शिशुुपाललाई नचाहने परिवार शिशुुपालसित विवाहको सम्बन्ध जोड्न खोज्ने । यही दोधारमा परेर रुक्मिणीले कृष्णलाई प्रेमपत्र लेखिन् । उनले कृष्णलाई पत्रमा जम्मा सात श्लोक लेखेकी छिन् । सात श्लोकमा रुक्मिणीको प्रेमपत्रमा सबै कुरा उल्लेख गरिएको छ । पत्रको पहिलो श्लोकमा भन्छिन् :
श्र्ुत्वा गुुणान् भुुवनसुुन्दर श्रृण्वतां ते, विर्विश्य कर्णविवरैर्हरतोङ्द्रगतापम् ।
रूपं दृशां दृशिमतामखिलार्थलाभं, त्व्यच्युुताविशति चित्तमपत्रपं मे ।।
हे भुुवनका सुुन्दर ! तपाईंका गुणहरू कानका माध्यमबाट हृदयमा प्रवेश गरेर मेरो शरीरका सबै तापहरू समाप्त भएका छन् । तपाईंको सुुन्दरता हेर्ने प्राणी (मानिस) लाई धर्म, अर्थ, काम र मोक्ष प्राप्त भएको छ । हे कृष्ण ! मेरो चित्त (मन) लाज त्यागेर हजुुरमै समर्पित भएको छ ।
यो रुक्मिणीको प्रेमपत्रको पहिलो पद्य हो । सबै लाज बिर्सेर म हजुुरमै समर्पित भएकी छुु । मैले मेरो आफ्नो र पराया भन्ने कुरा बिर्सेकी छुु । म हजुरमै समर्पित भएकी छुु । समर्पित हुनुुमा हजुरका गुुण पहिलो आधार उनले मानेकी छिन् । यो पहिलो श्लोकमा रुक्मिणी भगवान् कृष्णमा समर्पित भएकी छिन् । उनले कृष्णलाई देखेकी छैनन् । कृष्णसित साक्षात्कार भएको पनि छैन तर म समर्पित भएँ भन्नुलाई गुुणानुुवाद मान्न सकिन्छ । हजुरले सोच्नुुभएको होला यो कन्या निर्लज्ज रहिछ ।
हे भगवन ! म लज्जावान र लाजले युुक्त थिएँ तर हजुुरका गुणको वर्णनले मलाई निर्लज्ज बनाए । यसमा मेरो कुनै दोष छैन । म जस्ता लाजको घुुम्टो ओढेकी पनि निर्लज्ज हुनुुमा हजुरको सुन्दरताको दोष रुक्मिणीले मानेकी छिन् । कृष्णले गरेका सबै कामहरू अरूका मुुखबाट सुुनेर समर्पित हुनुु प्रेमको पहिलो नमुना मान्न सकिन्छ । यसमा खरो उत्रेकी छिन् रुक्मिणी ।
प्रेम समर्पण हो । समर्पणमा लिने र दिने कुरा हुुँदैनन् । समर्पण एक अर्काप्रतिको विश्वास र आस्था हो । त्यही आस्थामा समर्पित छिन् रुक्मिणी । त्यही विश्वास र आस्थाको केन्द्र मानिएको छ रुक्मिणीको प्रेमपत्र । प्रेममा समर्पित रुक्मिणी भन्छिन्-
तन्मे भवान् खलुु वृत्तः पतिरङ्ग जाया, मात्मार्पितश्च भवतोद्रत्र विभो विधेही मा वीरभागमभिमर्शतुु चैद्य आराद् गोमायुुवन्मृगपतेर्बलिमम्बुुजाक्ष ।।
मैले हजुरलाई पतिका रूपमा वरण गरिसकेकी छुु । म हजुुरमा समर्पित भइसकेकी छुु । तपाईं अन्तर्यामी हुुनुुहुुन्छ । हजुरबाट कुनै कुरा लुुकेको छैन । हजुुर आएर मलाई पत्नीका रूपमा वरण गर्नुहोस् । मैले हजुुरजस्ता वीरलाई स्वीकार गरिसकेकी छुु । एउटा सिंहलाई स्वीकारेकी मलाई कुनै स्यालले छुुने अवसर नपाओस् । यहाँ रुक्मिणीले शिशुपाललाई स्याल मानेकी छिन् ।
प्रेमको पहिलो आधार समर्पण हो भने दास्रो आधार रुक्मिणीले हजुरलाई पति मानिसकेँ र वरण गरिसकेँ भनिन् । वरण गरिसकेकी मलाई आफ्नी बनाउनुु हजुरको जिम्मा हो भन्ने आधार प्रस्तुुत गरेकी छिन् । यदि हजुरजस्ता सिंहले मलाई लैजान सकेनन् भने म स्यालको हातमा पर्नेछुु भन्ने तर्कलाई उनले पूूर्णरूपमा दृढतापूूर्वक राखेकी छिन् । यही दृढता उनको प्रेमको अन्तिम परिणति हो । सिंह हुँदाहुँदै सिंहको आहार यदि स्यालले खोस्यो भने सिंहको औचित्य समाप्त हुने तर्कलाई रुक्मिणीले गतिलो तरिकाले उठाएकी छिन् । सिंह कमजोर भए पनि स्यालको रजाइँ चल्दैन भन्ने कुरा रुक्मिणीले जानेकी छिन् । कति मिठो उदाहरण प्रस्तुत गरिन उनले । यो रुक्मिणीको कृष्णप्रतिको अनन्त प्रेमको नमुना पनि हो ।
दाइजो :
विवाहमा वरलाई दिइने भौतिक सामग्रीलाई दाइजो भनिन्छ । आजकल देशमा दाइजोका कारण कतिपय नारीले ठूलो समस्या झेलिरहेका छन् । घरमा प्रताडित गर्ने, दाइजो नदिए वापत घरबाट निकालिदिने, जलाइदिने र मानसिक प्रताडना दिने जस्ता सामाजिक कूरीति नेपाली समाजमा प्रचलनमा देखिने विषय बनेका छन् । यस्ता विषय यदाकदा समाचारका स्रोत बनेका छन् । यस किसिमका समाचार र नारीले पाएका पीडाले आजको हाम्रो समाज पनि अछुुतो रहेको छैन ।
दाइजोप्रथा आफैँमा निन्दनीय प्रथा हो । वर र बधुको पारिवारिक अवस्थामा समानता भए र समझदारीमा विवाह भए यस किसिमका प्रथा निरन्तर लोप भएर जाने गर्दथे । यो हुन सकिरहेको छैन । नेपाली समाजमा आज पनि दाइजोप्रथाले निरन्तर जरा गाडेर बसेको देखिन्छ । यसका विरुद्ध विभिन्न प्रयास र प्रयत्न नभएका होइनन् तर समाधानको उपाय निस्केको छैन । रुक्मिणी मसित भएको सबै निजी सम्पत्ति हजुरलाई समर्पित गर्नेछुु । मसित जे जति निजी सम्पत्ति छ त्यसको मालिक हुजुर नै हो भनेर दाइजो ल्याउने कुरा गरिरहेकी छिन् ।
पूूर्तेष्टदत्तनियमव्रतदेवविप्र गुुर्वर्चनादिभिरलं भगवान् परेशः
आराधितो यदि गदाग्रज एत्य पाणिं गृहृणातुु मे न दमघोषसुताादयोद्रन्ये ।।
हे कृष्ण ! मैले आजसम्म तुलसीमा जल नचढाइकन अन्न ग्रहण गरेकी छैन । मैले आजसम्म पूजा अर्चना, ब्राहृमण सेवा नियमित गर्ने सत्कर्म सबै हजुरमा अर्पण गरेकी छुु । मैले जे जति सत्कर्म गरेकी छुु त्यो नै मेरो दाइजो हुुनेछ । मैले सत्कर्म गरेकी रहिछुु र धर्म निष्ठामा बसेकी रहिछुु भने कृष्णसित मेरो विवाह होस् र अन्य पुरुषसित म वैवाहिक सम्बन्धमा बाँधिनुु नपरोस् ।
यो रुक्मिणीको दाइजो हो । मैले जे जति सत्कर्म गरेँ त्यो म साथै लिएर आउनेछुु । अन्य कुनै भौतिक सामग्री मसित रहने छैन । यही थियो प्रेमको समर्पण । मैले धन सम्पत्ति र सुुनका गहना लिएर आउने छैन । उनी राजकुमारी हुन् । उनले कृष्णलाई लोभ देखाउन सक्थिन् तर यसो गरिनन् । मैले जीवनमा आर्जित गरेको पुुण्य नै मेरो सर्वस्व हो । त्यो सत्कर्म र पुुण्य मेरो हुनेछ । अरू त मेरो केही पनि होइन । यही कुरा उनले दाइजोमा ल्याउने निर्णय लेखेर पठाइन् कृष्णलाई । दाइजो आफैँमा सामाजिक कूरीति हो ।
हे कृष्ण ! मैले आजसम्म तुलसीमा जल नचढाइकन अन्न ग्रहण गरेकी छैन । मैले आजसम्म पूजा अर्चना, ब्राहृमण सेवा नियमित गर्ने सत्कर्म सबै हजुरमा अर्पण गरेकी छुु । मैले जे जति सत्कर्म गरेकी छुु त्यो नै मेरो दाइजो हुुनेछ ।
यो कुरीतिसित समाजको सम्बन्ध रहनुु हुुँदैन । जीवनमा गरेको सम्पूर्ण खर्चसमेत दाइजोबाट पूूर्ति गर्न खोज्ने प्रवृत्तिलाई रुक्मिणीले समाप्त गरिदिएकी छिन् । जीवन प्रेम हो । प्रेममा रमाएर सुुखी र खुुसी रहन सक्यौँ भने भौतिक सम्पन्नता केही पनि होइन भन्ने कुरालाई उनको पत्रको हरफले सङ्केत गरेको छ । म हजुरसित प्रेम गर्दछुु । मेरो दाइजो मेरा कर्म हुुन् । कर्मप्रतिको विश्वास र सत्कर्मको आधार दाइजो उनले बनाएकी छिन् पत्रमा । मैले पुुण्यरूपी दाइजो नै साथमा ल्याउनेछुु भन्ने वाचा उनले गरेकी छिन् ।
हरण गर्ने मार्ग :
प्रेम प्रकट गरिने तथ्य हो । प्रकट गरेपछि त्यसमा विश्वास अनिवार्य हुनुुपर्दछ । प्रेममा विश्वास भएन भने प्रेमका हरेक आधार समाप्त हुुन्छन् र प्रेमले परिणति पाउँदैन । रुक्मिणीले आफ्ना प्रेमीको प्रशंसा गरिन् । म हजुरबाहेक कसैसित बाँधिन चाहन्न भनिन् । दाइजोका रूपमा म सत्कर्म साथ लिएर आउनेछुु भनिन् । दरबारभित्र सुुरक्षाको घेराभित्र रहेकी मलाई कसरी लैजाने वा हरण गर्ने भन्ने असमञ्जसमा हजुुर हुनुुहोला ? यसको उपाय म बताउँछुु भन्दै रुक्मिणी भन्छिन् :
अन्तःपुरान्तरचरीमनिहत्य बन्र्धूूत्वामद्वहेकथमिति प्रवदाम्युुपायम्
पूर्वेद्युुरस्ति महति कुलदेवियात्रा यस्यां बहिर्नववधूूर्गिरिजामुुपेयात् ।।
प्रभुु ! अन्तपुरमा रहकी मलाई कसरी लिएर जाने होला भन्ने सोच हो भने हाम्रो घरको चलनमा विवाह गर्ने कन्याले कुलदेवीको पूजा अनिवार्य गर्नुपर्दछ । म कुलदेवीको पूजाका लागि बाहिर आउनेछुु । हजुरले त्यही कुलदेवी पूूजाको समयलाई अवसरका रूपमा प्रयोग गर्नुहोला । उक्त अवसर पारेर मलाई भगाउनुहोला भन्दै उपायसमेत उनले बताइन कृष्णलाई ।
रुक्मिणीले आफूलाई अतिशय उत्तम प्रेमिकाका रूपमा प्रस्तुत गरेकी छिन् । उनले पहिले कृष्णको प्रशंसा गरिन् । आफूलाई उनमा समर्पित गराइन । उनले पत्रमा सात श्लोक लेखिन् । कुलदेवीको पूजनका अवसमा हरणको उपाय पनि बताइन् । उनको प्रेमपत्र संक्षिप्त छ तर गहिरो भाव र प्रेमका उद्गारले भरिएको छ । समर्पित भएर जीवन जसका लागि अर्पिनुुपर्ने हो अर्पेकी छिन् । यो कन्या हरणको अवस्था वा राक्षसी विवाह मानिएला तर प्रेमको उत्कृष्ट नमुनाको पत्र हो । प्रेममा समर्पणको आवश्यकता हुुन्छ । यहाँ पहिलो आधार समर्पण छ । गुुणहरूको वर्णनले प्रेम गरेँ ।
यस प्रेमलाई टुुङ्गो लगाउने जिम्मा हजुरको हो भनेर उल्लेख गरेकी छिन् । प्रेममात्र गरिनन् तर उपाय पनि बताएकी छिन् । यही हो प्रेम र प्रेमको अन्तिम परिणति पनि । रुक्मिणीको प्रेमपत्रले सबैलाई भाग्ने सल्लाह भने दिँदैन । प्रेमको अतिशय अवस्था, प्रेमी र प्रेमिकाको सम्बन्धलाई यो पत्रले जोडेको मात्र हो । व्यक्तिगत रूपमा गरिने प्रेम र समर्पणको अति उत्तम नमुना रुक्मिणीको पत्रलाई मान्न सकिन्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा