काठमाडौं । नेपालमा घरेलु तथा विभिन्न विद्युतीय उपकरण बिक्री गर्दै आएको डिएचआईले ताइवानको स्याण्डमार्टिन इन्टरनेसनल होल्डिङसँग सम्झौता गरेको छ । गुणस्तरीय विद्युतीय उपकरण उत्पादन र बिक्री गर्न कम्पनीले स्याण्डमार्टिनसँग सम्झौता गरिएको जनाएको छ ।
सम्झौतासँगै नेपालमा विद्युतीय उपकरण निर्माणको गतिलाई तीव्रता दिन सहयोग पुग्ने कम्पनीको विश्वास छ । नेपाली बजारमा लामो समयदेखि सेटअप बक्समात्र निर्माण गर्दै आएको कम्पनीले हाल सम्पूर्ण विद्युतीय उपकरण उत्पादन गर्न थालेको छ ।






