देशका उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ ।

मध्य तथा पूर्वी तराईका एक/दुई स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको छ ।आज दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ ।

ADVERTISEMENT

हिमपात गण्डकीको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हुने महाशाखाले जनाएको छ । राति पनि हिमपातको सम्भावना हरेको छ ।

महाशाखाका अनुसार शनिबार पनि कर्णाली र सुदूरका केही ठाउँमा हिमपात भए पनि बाँकी भू-भागमा आंशिक बदली वा मौसम सफा रहनेछ । आइतबार भने सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *