इसेवाको कार्यालय मधेश प्रदेशमा पनि

Read Time = 1 min

काठमाडौं । इसेवाले मधेश प्रदेशको जनकपुरधाममा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । योसँगै सबै प्रदेशमा क्षेत्रीय कार्यालय विस्तार भएका छन् । प्रादेशिक कार्यालय जनकपुरको मिल्स एरियामा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्तरूपमा उद्घाटन गर्नुभयो ।

ADVERTISEMENT

देशभर एक लाख ६५ हजारभन्दा बढी एजेन्ट रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्षरूपमा करिब एक करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका र इसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *