काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने भएकी छन् । आगामी महिना उनले न्युजिल्यान्डको प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेकी हुन् ।
उनले आज एक कार्यक्रमलाई सम्बोधन गर्दै फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गर्दै लेबर पार्टीको नेताबाट राजीनामा दिने जानकारी दिइन् ।
बितेको ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्षसम्म योगदान गर्न विशेष केही बाँकी नरहेको उनले तर्क गरेकी छन्। केही समयपछि नै उनको कार्यकाल अब सकिँदै थियो। तर अर्को निर्वाचनमार्फत पुनः प्रधानमन्त्री बन्ने मौका भए पनि उनले त्यसो नगर्ने भएकी हुन्।
साथै, उनले उनीसँग अब के गर्ने भन्ने व्यवसायिक रूपमा कुनै योजना नभएको भन्दै भविश्यबारे विचार गर्न समय निकालेको प्रस्ट पारिन्। न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ। सोही निर्वाचनबाट जितेर आएको प्रतिनिधि अबको त्यहाँको नयाँ प्रधानमन्त्री बन्नेछन्।
सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि आर्डन विश्वकै कान्छी महिला सरकार प्रमुख बनेकी थिइन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts