सुनसरी । हात्तीको आक्रमणबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–५ सिमरवनस्थित जनजागृति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा एक वृद्धको मृत्यु भएको छ।
वडा नम्बर ५ का स्थानीय ६५ वर्षीय धनबहादुर माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
जंगलमा घाँस काट्न जानुभएकी माझीलाई मंगलबार(हिजो) बिहान ११ बजे हात्तीले आक्रमण गरी मारेको वडाध्यक्ष रोहित काफ्लेले जानकारी दिनुभयो ।
एक महिनादेखि धरान र बराहक्षेत्र नगरबीचको चारकोसे जंगलमा ठूलो समूहमा हात्ती आएर बस्दै आएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts