सभामुखमा उम्मेदवारी दर्ता आज, भोलि निर्वाचन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख चुनावका लागि आज उम्मेदवारी दर्ताको कार्यतालिका छ । आज सभामुखका आकांक्षीले उम्मेदवारी दर्ता गराउनु पर्नेछ ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म उमेदवारी दर्ताको समय रहेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै ४ः१५ बजे दर्ता गरिएका उम्मेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

एक मात्र उम्मेदवार भएको अवस्थामा भने सभामुख चयन निर्विरोध हुनेछ। मतदानमा जानुपरे सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट निर्वाचित गरिनेछ। कुल २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको आवश्यकता पर्नेछ।

ADVERTISEMENT

सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेले उम्मेदवार बनाउने निश्चित छ। एमालेले देवराज घिमिरेलाई अघि सार्ने करिब निश्चितजस्तै छ। नेपाली कांग्रेसलगायतका अन्य दलबाट सभामुखको उम्मेदवार टुङ्गो लागेको छैन।

संसद्को सबैभन्दा ठूलो पार्टी अनि गठबन्धन आफैसँग हुँदा व्यवस्थापकीय कुशलता देखाउन नसकेर नेपाली कांग्रेस संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा पुगेको छ । सत्ता गठबन्धनको घटक माओवादी प्रधानमन्त्री नपाएर एमालेसँग सहकार्य गर्दै प्रचण्ड प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी भूमिकामा खुम्चिएको हो ।

सभामुख र राष्ट्रपतिमा सहयोगको अपेक्षासहित प्रधनमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस त्यही कारण आलोचनाको केन्द्र पनि बनेको छ । तर, उसले आफ्नातर्फबाट सभामुखमा दिने उमेदवार भने प्रस्तुत गर्न सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले भने विश्वासको मत दिएका सबै पार्टीलाई समेट्ने भन्दै सभामुख र राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति जुटाउने भन्दै छलफल गरिरहनुभएको छ । तर छलफलमा कुनै सहमति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *