आइएमई पेद्वारा क्यासब्याकलाई निरन्तरता

Read Time = 1 min

काठमाडौं । आइएमई पेले मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्म क्यासब्याक अफर पुनः सुचारु गरेको छ । उक्त अफर ग्राहकवर्गको उच्च मागमा कम्पनीले पुनः सुचारु गरिएको जनाएको छ ।

अफरमार्फत् प्रयोगकर्ताले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा पाँच प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउने बताइएको छ ।

ADVERTISEMENT

हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्तालाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएकोे आइएमई पेले सो अफर सम्पूर्ण ग्राहकका लागि ल्याएको जनाएको छ । कम्पनीले अफरको नियम तथा शर्तस्वरूप हरेक प्रयोगकर्ताले एक महिना अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम् सय रुपैयाँ क्यासब्याक र अन्य मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम् सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज