काठमाडौं । स्थापनाको पहिलो वर्षमै माइपे डिजिटल वालेटले प्लेस्टोरमा पाँच लाखभन्दा बढी डाउनलोड पुर्याउन सफल भएको छ । सोही अवसरमा कम्पनीले दुई दिन अर्थात् बुधबार ४ बजेदेखि राती १२ बजेसम्म पाँच प्रतिशत बढीमा एक सय रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने भएको छ ।
माइपेमा प्लेस्टोर, एप स्टोर र वेब साइटसमेत हालसम्म आठ लाखभन्दा बढी ग्राहक संख्या पुगिसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार मेहताले बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवा ग्राहकको पहिलो रोजाइको वालेट भएकाले नै यो सफलता हात पारेका हौँ ।’ डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा सञ्चालनमा ल्याएको कम्पनीले हवाई टिकट बुकिङ, मोबाइल टपअपसँगै विभिन्न घरायसी बिल भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ भने हरेक कारोबारमा आकर्षक क्यासब्याक तथा अन्य सुविधा रहेका छन् ।
साथै कुनै पनि कारोबार गर्दा माइपे क्वाइन प्राप्त गर्न सकिन्छ, जसको मूल्य एक क्वाइन बराबर एक रुपैयाँ हुन्छ । उक्त क्वाइन हरेक कारोबारमा प्रयोग गर्न सकिनुका साथै कुनै पनि बैंक खातामा एक रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts