भुकम्प सुरक्षा दिवशमा प्रभातफेरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

नृपेन्द्र बहादुर मल्ल

मुगु । भुकम्प सुरक्षा दिवशको अवशरमा मुगुमा प्रभातफेरी गरिएको छ । जिल्ला विपत व्यवस्थापन समिति मुगुको आयोजनामा २५ औं भुकम्प सुरक्षा दिवशको अवसरमा मंगलबार विहान मुगु जिल्ला सदरमुकाम गमगढीमा प्रभात फेरी गरिएको हो ।

प्रभातफेरीमा सहभागीहरुले भुकम्पबाट बच्ने उपाय, संरचना बलियो बनाउ भन्ने सन्देश र नियमनकारी निकायको कडाई बारे सन्देश दिने पेलेकार्ड बोक्नुका साथै नारा लगाउदै बजार परिक्रमा गरेका थिए ।

बखत चोकबाट शुरु भएको प्रभातफेरी र्‍यारीले मिलनचोक, हाईस्कुल हुदै कृष्णचोकमा पुगेर सभापन गरेको थियो ।

ADVERTISEMENT

समापनमा बोल्दै जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले हामी नेपालीहरु र नियमन निकाय तथा राज्यले पनि विपत् परेको बेला मात्र विपत् बारे चासो लिने केहि समय पछि घटना तथा काम कारवाहि भुल्ने गरेकाले बारम्बार मानविय तथा भौतिक क्षतीका घटना बढदै गएको बताउँदै भुकम्प बारे पनि राज्य पक्ष कठोर भएर संरचना निमार्णमा कडाई साथ लाग्नु पर्ने, नगर तथा घना बस्ति क्षेत्रमा नक्शा पास गरेर र पास अनुसारमा मात्र संरचना बनाउन लगाउनु पर्ने सुझाव दिनु भयो ।

उहाँले स्थानिय सरकार संचालन ऐनले नक्सा पास देखि पुराना तथा भुकम्प जोखिम संरचना भत्काउन पाउने, कानुनी कारवाही गर्न सक्नेसम्म अधिकार स्थानिय सरकारहरुलाई दिईएका स्थानिय सरकारहरु आफनो अधिकार प्रयोग गर्न अगाडी बढनु पर्ने पनि प्रजिअ महतले बताउनु भयो ।

प्रभातफेरी र्‍यालीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नं ४५, सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रतिनिधिहरु, नेपाल रेडक्रसका प्रतिनिधि, पत्रकार तथा बजारबासीहरु सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?