प्रधानमन्त्री प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

राष्ट्रपति र सभामुख निर्वाचनबारे छलफल हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूसँग राष्ट्रपति र सभामुख निर्वाचनको विषयमा छलफल गरेर जाने भन्दै सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

राजकीय पदहरूको लागि अब हुने निर्वाचनमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको बताउनुभएको छ । सभामुखरउपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डको भनाइ छ ।

ADVERTISEMENT

प्रतिनिधिसभामा माघ ५ गते सभामुखको निर्वाचन हुँदै छ । संबैधानिक व्यवस्था अनुसार माघ २८ गतेसम्म राष्ट्रपतिको पनि निर्वाचन गरिसक्नु पर्नेछ ।

पुस १० गते प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दल र स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डलाई पुस २६ गते कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीसहितका गरेर २६८ सांसदले विश्वासको मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज