सनाखत नभएका शव आज काठमाडौं ल्याइँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

पोखरा । पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज (मंगलबार) हेलिकप्टरबाट काठमाडौं ल्याइने भएको छ ।

दुर्घटनामा परेकामध्ये पहिचान भएको २४ जनाको शव पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकोप्टरबाट अहिले बिहान काठमाडौं ल्याउन लागिएको हो । शव काठमाडौं ल्याउन सोमबार नै सेनाको हेलिकप्टर पोखरा पुगेको थियो।

आफन्तबाट पहिचान भएका शवहरू पोखरामा नै शवपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ।

ADVERTISEMENT

पहिचान हुन नसकेका शवको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डिएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौंबाट गएका फरेन्सिक विभागका चिकित्सकहरुले दिएका छन् ।

हालसम्म ७० जनाको शव फेला परेको छ । दुई जनाको शव अझै फेला परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?