चलचित्र व्यवसायी द्वय कायस्थ र महर्जन सम्मानित

Read Time = 2 mins

काठमाडौं । चलचित्र व्यवसायी द्वय गोपालकाजी कायस्थ र नरेन्द्र महर्जन सम्मानित हुनुभएको छ । चलचित्र विकास बोर्डमा हालै सल्लाहकारमा नियुक्त हुनुभएका कायस्थ तथा नेपाल चलचित्र संघको महासचिवमा निर्वाचित महर्जन नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड प्रवद्र्धनार्थ फुटबल खेलमा सम्मानित हुनुभएको हो ।

विश्वको ठूलो तथा लामो अवार्ड भनेर चर्चा गरिएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड कार्यक्रमको दोस्रो संस्करणको प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुरको सांस्कृतिक बस्ती खोकनास्थित ज्ञानोदय बालबाटिका स्कुलको खेल मैदानमा कलाकारबीच मैत्रीपूर्ण फुटबल तथा म्युजिकल कार्यक्रम सम्पन्न गरिएको छ ।

ADVERTISEMENT

खेलको साथमा म्युजिकल कार्यक्रममा सरस्वती मानन्धर, कृष्ण महर्जन, कल्पना श्रेष्ठदेखि स्त्री-पुरुष दुवै स्वरमा गीत गाउनमा निपूर्ण गायक किशोर कुमार शाहीसम्मको बेजोड प्रस्तुतिले सबैलाई मनमोहकता प्रदान गर्न सफल भएको थियो ।

प्रमुख अतिथि ललितपुर महानगरपालिका-२१ का वडा अध्यक्ष रविन्द्र महर्जन र विशिष्ट अतिथिहरूमा अग्रज कलाकर्मी पवन जोशी, नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर र पेजथ्री पिपुल्स च्वइस अवार्डका संयोजक सञ्चारकर्मी दर्शनवीर शाक्यलगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । आयोजक संसासर क्रियसन्स नेपालका अध्यक्ष तथा महाप्रबन्धक स्वतन्त्र संसार महर्जनको अध्यक्षता तथा सभापतित्वमा कार्यक्रम समपन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?