स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छ : एमाले महासचिव पोखरेल

Read Time = 8 mins

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताउनुभएको छ ।

सोमवार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौंमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई आग्रह गर्नुभएको हो ।

उहाँले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्ने बताउनु भयो । उहाँले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । महासचिव पोखरेलले अनेरास्ववियुलाई अग्र्यानिक अनेरास्ववियु बनाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो – ‘मैले तपाईहरुका बीचमा सुनिरहेको सन्दर्भ के भने दोहो¥याएर फेरि स्ववियुमा जान पाइन्छ कि पाइँदैन ? एम ए पास गरिसकेको मान्छे बिए मा भर्ना हुन पाइन्छ कि पाइँदैन त्यही क्याम्पसमा ? यो कुनै जरुरी छ ? यो विषय हाम्रो वहसको विषय बन्यो भने यो अखिलले समाजलाई बदल्न सक्छ ? त्यसअर्थमा हामीले भन्नुप¥यो हामी नेताहरु जो छौँ अहिलेसम्म काम गरेर नेतृत्वमा रहेकाहरुले के भन्नुप¥यो भने अबको नेतृत्व विकासको जिम्मा मेरो जिम्माको कुरा हो । त्यस अर्थमा म यस्ता प्रतिभाशाली युवाहरुलाई स्ववियु निर्वाचनमा खडा गरेर आफ्नो क्याम्पसमा जिताएर देखाउछु भन्ने अठोट र संकल्प गर्नुभयो भने वास्तविक अनेरास्ववियु त्यतिबेला निर्माण हुन्छ । आफूलाई हेरेर होइन भविष्यलाई हेरेर गर्नुप¥यो । आफूलाई हेर्नुभयो भने निष्पक्ष न्याय हुनै सक्दैन । आफूलाई अलग गरिदिनुस् । अरुले तपाईको खोजि गर्छन् भने ठिक छ । नेताहरु आफैँले आफैँलाई दाबी गर्दै नगर्नुस् । अरुलाई खोज्न थाल्नुस् । यति गर्नुभयो भने नेतृत्व निर्माणमा कुनै समस्या हुँदैन । साँच्चैको विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरुको नेतृत्व गर्नसक्छ । अग्र्यानिक अनेरास्ववियु बनाउनुपर्छ । विद्यार्थीहरु बीचको संगठन बनाउनुपर्छ ।’

महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान थालेको बताउनु भयो । सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उहाँले यसले उदार पँुजीवाद र दलाल नोकरशाहलाई प्रवद्र्धन गर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले एमाले नेतृत्वको सरकार हुँदा सडकमा नागरिक आन्दोलनको नाममा आन्दोलन हुने गरेको उल्लेख गर्दै बुर्जुवाहरुले सरकारको नेतृत्व गर्दाभने नागरिक आन्दोलन सुतेर बस्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले नागरिक आन्दोलनको नाममा जनताको वास्तविक अधिकारलाई स्थापित हुनबाट रोक्ने प्रपञ्च गरिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सोसल मिडियाका नाममा हामी जसरी प्रभावित हुन थालेका छौँ । यसले समाजलाई अराजकतातर्फ लैजान्छ कि समाजलाई परिवर्तनको बाटोतर्फ लैजान्छ भन्दाखेरी परिवर्तनको बाटोतर्फ लैजान सक्दैन । त्यसले उदार पुँजीवादलाई प्रवद्र्धन गर्ने हो । त्यसले दलाल नोकरशाहहरुलाई प्रवद्र्धन गर्ने हो । त्यसले श्रमजीवि वर्गलाई प्रवद्र्धन गर्ने काम गर्दैन । काठमाडौंका सडकमा विगमा अनेकन प्रकारका नागरिक आन्दोलनहरु देखापरे । जतिबेला एमाले सरकारमा हुन्थ्यो नागरिक आन्दोलन सडकमा पोखिन्थे । कहिले बेसार आन्दोलनका नाममा, कहिले अनसनका नाममा । जब त्यही सरकारको नेतृत्व गर्ने ठाउँमा बुर्जुवाहरु नेतृत्व गर्न पुग्छन् । नागरिक आन्दोलन सुतेर बस्छ । यसलाई कसरी बुझ्नुहुन्छ ? के त्यो आन्दोलन समाजको क्रान्तिकारी परिवर्तनसँग जोडिएको नागरिक आन्दोलन हो ? होइन । त्यो नेपाली समाजलाई बुर्जुवाकरण गर्ने । दलाल नोकरशाही पुँजिवादको प्रभुत्वलाई कायम गर्नका लागि कथित नागरिक अधिकारका नाममा एक प्रकारले भन्नुहुन्छ भने जनताको वास्तविक अधिकारलाई स्थापित हुनबाट रोक्ने प्रकारको प्रपञ्च हो भन्ने कुुरालाई बुझ्नु जरुरी छ ।’

महासचिव पोखरेलले मुलुकको अर्थतन्त्रलाई माथि लैजानसक्ने सामथ्र्य एमालेसँग मात्रै रहेको दाबी गर्नुभयो । उहाँले एमालेले नै नेपालमा लोडसेडिङको अन्त्य गरेको बताउनु भयो । एमालेले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण गरेको उहाँको भनाई छ । एमालेले देशको विकास र समृद्धिमा धेरै ठूलाठूला काम गरेको भएपनि ति कामहरुलाई जनताको बीचमा स्थापित गराउन नसकेको उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘मुलुकको अर्थतन्त्रलाई माथि लानसक्ने सामथ्र्य एमालेसँग मात्रै छ । ठूला विकास आयोजनाको थालनीकर्ता एमाले हो । एमाले हुँदैनथ्यो भने लोडसेडिङ अन्त्य हुने थिएन । यो मान्यता हाम्रो योजनामा, हाम्रो पहलकदमीमा मुलुकमा उज्यालो नेपालको निर्माण ग¥यौँ । तर हामीले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण ग¥यो । सत्य यही हो । एउटा भनाई छ नि काम गर्ने कालु, मकै खाने भालु भनेजस्तो नेपालको राजनीतिमा यस प्रकारका प्रवृत्तिहरु छन् । हामीले आफूले गरेको कामलाई स्थापित गर्नसकेका छैनौँ ।’

उहाँले मुलुकमा धेरै राजनीतिक दलहरु हुँदा अस्थिरता हुने भन्दै स्थिरताका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?