सल्यानमा ऐलानी जग्गामा बनाइएका घरटहरामा नगरपालिकाले चलायाे डोजर

Read Time = 3 mins

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले ऐलानी जग्गामा बनाइएका घर टहरामा डोजर चलेको  छ । आधुनिक बसपार्क निर्माण गर्न शारदा नगरपालिका १ श्रीनगरस्थित बसपार्क क्षेत्रका घरटहरामा सोमबार नगरपालिकाले डोजर चलाएको हो ।

श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका झन्डै १ सय ५० बढी घरहटरा हटाइएको नगरपालिकाले जनाएको छ ।

ADVERTISEMENT

पहिलो चरणमा ३५ रोपनी क्षेत्रफलमा बनाइएको घरटहरामा डोजर चलेको नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो । मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेको घरटहरा हटाउने निर्णयअनुसार ३५ दिने सूचना जारी गरी घरटहरा हटाइएको उहाँको भनाई छ । ३५ दिने सूचनाजारी गर्दा पनि नहटाउने घरटहरामा डोजर चलेको भण्डारीले बताउनु भयो  ।


कानुनको परिधिभित्र रहेर विकास निर्माणको कामगर्न आफूलाई कसैले अवरोध गर्न नसक्ने उहाँको भनाई छ ।  स्थानीय घर र जग्गाधनीहरुले भने बसपार्क क्षेत्रमा मात्र भन्दा पनि ऐलानीजग्गामा बनेका सम्पूर्ण घरटहरा भत्काउनु पर्ने बताएका छन् । घरटहरा भत्काउनेमा आफूहरुको विरोध नरहेको भन्दै उनीहरुले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचना पनि भत्काउनु पर्छ भन्ने माग रहेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?