महालक्ष्मीद्वारा १०.४७ प्रतिशत लाभांश पारित

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंकको २१औँ वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, २०७९ असारको वासलात, आव २०७८/०७९ को नाफानोक्सानको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरू पारित गरेको छ ।

ADVERTISEMENT

साथै आव २०७८/०७९ को सञ्चित मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पुँजीको चार प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश गरी कुल १०.४७ प्रतिशत लाभांशसमेत पारित गरेको छ । त्यस्तै, विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार÷लगानीकर्ताका रूपमा भित्र्याउने प्रस्ताव पनि पारित गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज