ब्रासिलिया । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोमाथि छानविन हुने भएको छ ।
देशको काङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा तोडफोड गर्ने अति दक्षिणपन्थी भीडलाई बोल्सोनारोले उक्साएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्ने विषयमा छानविन गर्न ब्राजिलको सर्वोच्च अदालत सहमत भएको हो ।
न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले पूर्व राष्ट्रपति बोल्सोनारोले दंगाको दुई दिनपछि फेसबुकमा पोस्ट गरेको भिडियोलाई उद्धृत गर्दै भएको अनुसन्धानमा बोल्सोनारोलाई समावेश गर्न अभियोजकको कार्यालयबाट अनुरोध गरेका थिए ।
लुइज इनासियो लुला दा सिल्भालाई राष्ट्रपतिमा निर्वाचित नगरिएको तर सर्वोच्च अदालत र ब्राजिलको निर्वाचन प्राधिकरणले छानेको दाबी गरिएको छ ।
यद्यपि बोल्सोनारोले दंगापछि भिडियो पोस्ट गर्नुभएको थियो भने अर्को दिन यसलाई हटाएका थिए ।
बोल्सोनारोले अक्टोबर ३० मा पराजय भोगे पनि चुनावबारे निरन्तर टिप्पणी गरिरहेका छन् ।
उनले मतदानको दौडान इलेक्ट्रोनिक मतदान प्रणालीको विश्वसनीयताको बारेमा बारम्बार शंका उत्पन्न गर्दै त्यसपछि मेसिनको प्रयोग गरेर खसालिएका लाखौं मतपत्रहरू रद्द गर्न अनुरोध गर्दै आएका छन् ।
उनले आफूमाथि लगाइएका आरोपलाई स्वीकार गरेका छैनन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता