रेशम सहितका राजबन्दी निःशर्त रिहा नभए सरकारमा जाँदैनौं : नागरिक उन्मुक्ति

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी सहितका राजबन्दी निःशर्त रिहा नभएसम्म सरकारमा नजाने बताएको छ ।

पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ (चौधरी) ले मन्त्री, सभामुख र उप–सभामुख बन्न पार्टीलाई हतार नभएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले आफूहरू पदमा नभए मुद्दामा केन्द्रित रहेको बताउनु भएको हो ।

ADVERTISEMENT

‘नागरिक उन्मुक्ति पार्टीको प्रमुख मुद्दा निर्दोष राजबन्दी रिहाइ हो,’ उहाले लेख्नु भएको छ । ‘हामी अनि हाम्रो माननीयज्यूहरूलाई मन्त्री, सभामुख, उप–सभामुख बन्नको कुनै हतारो छैन ।’ उहाँले राजबन्दीहरू रिहा नहुँदासम्म संघ र प्रदेश दुबै सरकारमा नजाने स्पष्ट पार्नु भएको छ ।

‘जब सम्म हाम्रो निर्दोष राजबन्दीहरू निःशर्त रिहाइ हुँदैनन् । नागरिक उन्मुक्ति पार्टी न संघमा न प्रदेशमा कहीँ कतै सरकारमा सामेल हुँदैन । ’ लेख्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *