काठमाडौं । नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गर्नुभएको छ ।
भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उहाँले बताउनु भयो। निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नता रहेको आरोप छ ।
लामिछानेले जोसुकैको सम्लग्नता भए पनि दोषीलाई कारवाही गरेरै छाड्ने बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts