फिदिम बसपार्क पुन संचालनमा आउँदै

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 4 mins

पाँचथर । विगत लामो समय देखि सञ्चालनमा आउन नसकेको पाँचथरको सदरमुकाम फिदिममा अवस्थित फिदिम बसपार्क पुन संचालनमा आउने भएको छ ।

झण्डै २ वर्षदेखि संचालन हुन नसकेको बसपार्क माघ २ गते बाट संचालन हुने भएको हो । बसपार्क सचालनका लागि शनिबार फिदिम नगरपालिका बजार ब्यवस्थापन समितीको वैठक बसेर संचालनमा ल्याउन लागिएको फिदिम-२ का वडा अध्यक्ष दिनानाथ अधिकारीले बताउनुभयो ।

समितिले बसपार्क संचालनका लागि फिदिम बजार क्षेत्र भित्र प्रवेश गर्ने सवै प्रकारका सार्वजनिक सवारी साधनहरु अनिवार्य रुपमा फिदिम नगरपालिका वडा नं. २ स्थित पल्लोटार बसपार्क बाट मात्र संचालन गर्ने निर्णय गरिएको छ ।

उक्त निर्णयको प्रभावकारी कार्यान्वयन गर्न गराउन सम्वद्ध सरोकारवाला सवैले प्रतिवद्धता ब्यक्त गरेका छन् । बसपार्क संचालनका लागि नगरपालिका, स्थानिय प्रशासन, सुरक्षा निकाय, एवम यातायात ब्यवसायी, संघ संस्था, सवै एकबद्ध भएर लागेका छन् ।

बसपार्क संचालन गर्न लागे सँगै दर्ता छुट भएका तिन पाङग्रे सवारीलाई अनिवार्य यथाशिघ्र दर्ता गराउने,सवारी साधान तथा यात्रू विमा अनिवार्य गराउने निर्णय गरिएको फिदिम नगरपालिका बजार ब्यवस्थान समितीका अध्यक्ष तथा फिदिम १ का वडा अध्यक्ष गजाधर भट्टराईले बताउनुभयो ।

ADVERTISEMENT

यस्तै सवारी साधानको रुट लागू गर्ने,सवारी साधानको रुट बजार ब्यवस्थापन समितीले समन्वय गरी जिल्ला ट्राफिक कार्यालय तथा ब्यवसायीहरुको सहयोग र समन्वय बाट रुट निर्धारण गरी कार्यान्वयन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

यसअघि आइतबार फिदिम नगपालिकाले एक सूचना जारी गर्दै बसपार्क सञ्चालन हुने जनाएको हो । नगरपालिकाले जारी गरेको सूचना अनुसार माघ २ गतेमा फिदिम-२ पल्लोटारमा रहेको बसपार्क सञ्चालनमा आउने छ ।

फिदिम बजार भित्र गणतन्त्र चौक,शनिबारे र बुद्धमार्गबाट मात्र सवारी साधनहरुले यात्रुहरु झार्ने र चढाउन पाउने सूचनामा उल्लेख छ । फिदिम बजार भित्र शनिबार बाहेक बिहान ९ बजेबाट १० बजे सम्म र बेलुका साढे ३ बजेबाट साढे ४ बजे सम्म दुईपाङ्खेबाहेका साधनहरु आवतजावत गर्न नपाउने उल्लेख छ ।

फिदिम बजार क्षेत्रमा अव्यस्थितरुपमा सवारी पार्किङ गरेमा २ सय रुर्पैया देखि १ हजार रुर्पैया सम्म जरिवाना हुन सक्ने फिदिम नगरपालिकाले जनाएको छ । २ पटक सम्म उद्घाटन गरी संचालनमा ल्याइएको बसपार्क कार्यान्वय हुन नसक्दा राज्यको करौडौ रुपैया रकम दुरुपयोग हुने जोखिममा परेको हो ।

बसपार्क संचालन हुन नसक्दा फिदिम बजार तथा सडकहरुमा सवारी साधानहरु पार्किङ गरिदिँदा फिदिम बजार ट्राफिक जामले अस्तब्यस्त हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?