चर्को ब्याजदरसँँगै लोडसेडिङको मारमा निजी क्षेत्र

Read Time = 3 mins

विराटनगर । उद्योग व्यवसाय सञ्चालनका लागि आधारभूत वस्तुका रूपमा रहेको विद्युत् आपूर्तिमा विगत केही समययता भएको निरन्तरको अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले शुक्रबार संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै विगतको अस्थिर र अन्योलको वातावरण, शिथिल अर्थतन्त्र एवं वित्तीय क्षेत्रको विद्यमान समस्याका कारण मारमा रहेको उद्योग व्यवसाय क्षेत्र दैनिक १० देखि १५ पटकसम्म हुने ट्रिपिङ तथा दैनिकरूपमा सातदेखि आठ घण्टासम्म विद्युत् कटौतीले मारमा परेको जनाएको छ ।

बैंक तथा वित्तीय क्षेत्रमा विद्यमान समस्या समाधानका लागि आन्दोलनरत निजी क्षेत्र नयाँ सरकार गठनसँगै समस्या समाधानमा सकारात्मक पहल हुने आशावादी रहँदै पर्ख र हेरको अवस्थामा पुनः विद्युत् आपूर्तिमा अवरोध भई उद्योगी व्यवसायीमाथि बज्रपात थपिएको उनीहरूले बताएका छन् । वित्तीय क्षेत्र, विद्युत्को क्षेत्रलगायत एकपछि अर्को समस्या थपिरहने, कहिले कुन बेला कस्तो अवस्था आउँछ पूर्वानुमान गर्न नसकिने अवस्थाले औद्योगिक क्षेत्रमा निराशा बढ्दै गएको बताइएको छ ।

ADVERTISEMENT

संगठनहरूले उद्योग व्यवसाय क्षेत्र विद्यमान अघोषित विद्युत् कटौती तथा ट्रिपिङको समस्या अबिलम्ब समाधान गर्न, वित्तीय क्षेत्रमा रहेको तरलता अभावलगायतका विषयमा सुधार हुने संकेत देखा परेकाले पूर्णरूपमा रिकभर गर्न, स्थिर बनाउन दीर्घकालीन योजना बनाई निजी क्षेत्रलाई उद्योग सञ्चालनका लागि वित्त वा ऊर्जा सबै क्षेत्रमा अनुमानयोग्य औद्योगिक नीति तथा अनुमानयोग्य उद्योगमैत्री वातावरण तयार गर्न जोडदार माग गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्नेमा नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज