पाँच महिनामा रु ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

Read Time = 2 mins

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा रु ३५ अर्ब बराबरको विकास ऋणपत्र, रु २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, रु ११ अर्ब ५० करोड बराबरको साधारण शेयर, रु नौ अर्ब ७४ करोड बराबरको बोनस शेयर, रु चार अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु तीन अर्ब ५९ करोड बराबरको हकप्रद शेयर गरी कूल रु ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

ADVERTISEMENT

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु सात अर्ब २० करोड बराबरको डिबेन्चर, रु पाँच अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, रु दुई अर्ब ४५ करोड बराबरको साधारण शेयर र रु ९५ करोड बराबरको हकप्रद शेयर गरी कूल रु १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ । नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत छ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य रु छ खर्ब ८३ अर्ब ७६ करोड रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?