पाटा नेपालद्वारा फुटसल प्रतियोगिता

Read Time = 3 mins

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट(एलएसिएम) सँगको सहकार्यमा पाटा-एलए फुटसल प्रतियोगिता जनवरी ९ देखि ११ सम्म ललितपुरको हात्तीवनस्थित एलए फुटसल मैदानमा आयोजना गरेको छ । पाँचौँ पाटा युथ ट्यालेन्ट क्वेस्टअन्तर्गत पाटा नेपालमा आबद्ध सदस्यबीच नेटवर्किङ, पुरस्कार र पहिचानका अवसर प्रदानका साथै सम्बन्ध सञ्जाल अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित फुटसल प्रतियोगितामा सोल्टी होटल, गेट, मिड भ्याली इन्टरनेशनल, ग्लोबल कलेज इन्टरनेशनल, नाथम, आइएसटी, एलएसिएमलगायत पाटा नेपालका सदस्य संस्थाबाट नौवटा टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको फाइनलमा इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आएएस टी) लाई पराजित गर्दै एलएसिएम पाटा-एलए फुटसल टुर्नामेन्टको विजेता बनेको छ । विजयी टोलीले ट्रफी, मेडल, प्रमाणपत्र, नगद २० हजार र ट्रेकिङ भेन्यु नेपालले आयोजना गर्ने त्रिशुली/भोटेकोशी र्‍याफ्टिङ ट्रिपसहितको पुरस्कार प्राप्त गरेका छन् । उपविजेताले ट्रफी, मेडल, प्रमाणपत्र, नगद १० हजारसहित चन्द्रागिरि हिल्सद्वारा आयोजित राउण्ड ट्रिप केबल कार टिकटसमेत प्राप्त गरेका छन् ।

ADVERTISEMENT

प्रतियोगितामा एलसिएमका सिजन खड्का उत्कृष्ट गोलकिपर र राहुल खड्का उत्कृष्ट खेलाडी घोषित भई ट्रफी, प्रमाणपत्र र चन्द्रागिरि हिल्सद्वारा प्रायोजित राउण्ड ट्रिप केबलकार टिकट र दिवाभोज पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा मनकामना केबलकार, नबिल बैंक, बुद्ध एयर, केजिएच ग्रुप अफ होटल्स, सेभेन लेक्स रिसोर्ट, चन्द्रागिरि हिल्स रिसोर्ट, कम्युनिटी होमस्टे, हाइग्राउण्ड एडभेन्चर नेपाल र ट्रेकिङ भेन्यु नेपाललगायतले सहयोग गरेका थिए । पाँचौँ युथ ट्यालेन्ट क्वेस्टअन्तर्गतको अन्तिम पब्लिक स्पिकिङ प्रतियोगिता जनवरी ३० तारिखमा प्रदेश १ को इटहरीमा आयोजना हुने मार्केटिङ कन्क्लेभ (डिएमसी) सँगै आयोजना हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज