काठमाण्डाैं । बागमति प्रदेश हस्तकला संघको तेस्राे वार्षिक साधारण सभा बुधवार अल्फाबिटा कम्प्लेक्स काठमाण्डौंमा सम्पन्न भएकोछ ।
उक्त साधारण सभाको कार्यक्रमको प्रमुख अतिथि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले उद्घाटन गर्नु भएकाे थियाे । उद्घाटन उहाँले संघले उत्तोरत्तर प्रगतिको कामना गर्दै बागमति प्रदेशका हस्तकला कलाकारलाई सम्मान गर्दै मौलिक हस्तकलाको प्रवर्द्धनमा लाग्नुपर्ने बताउनु भयो ।
साधारणसभा बाट सर्वसहमतिसहित नयाँ कार्य समितिको चयन पनि भएकोछ । निर्वाचित कार्य समितिमा अध्यक्ष नवीन शाक्य, उपाध्यक्ष कमला सुवेदी, उपाध्यक्ष अबानिस प्रधानाङग, महासचिव मन मोहन सिङ मल्ल, कोषाध्यक्ष अनुप मानन्धर, सचिव मनिका कायेस्थ, कास सदस्यहरु पार्बती खड्का, मनबिर कामी, बुद्धिमाया घले, मन्जु लामा, सुनिता योन्जन रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements