इसेवामा एक रुपैयाँमै पूर्ण हेल्थ केयर सुविधा

Read Time = 4 mins

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक एक रुपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ । इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताको स्वास्थ्य तथा आइपर्ने दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस्तो सुविधा ल्याएको हो । यस्तो सुविधा प्रयोग गर्न इसेवाको मोबाइल एप्समा गई इसेवा केयर सेवाअन्तर्गत दैनिक एक रुपैयाँभन्दा पनि कमका दरले एक वर्षका लागि तीन सय तीन सय ६० रुपैयाँमा प्याकेज खरिद गर्न सकिने र थुप्रै स्वास्थ्य सेवाका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक एक रुपैयाँमा दुई लाख ३० हजार रुपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । प्योकजअन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोटपटक, दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । प्याकेजमा २४ घण्टाभन्दा बढी अस्पतालमा भर्ना भएको प्रत्येक दिनका लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्तासमेत व्यवस्था गरिएको छ । इसेवा केयर खरिद गरेका ग्राहकलाई दुई लाख ३० हजारसम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, एक सय इसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एकपटक निःशुल्क परामर्श र एउटा स्केलिङ सेवामा पाँच सय रुपैयाँ छुट, आवरण छाला र कपाल क्लिनिकमा १० प्रतिशत छुट, द ब्युटी बार नेपालमा २० प्रतिशत छुटलगायतका सुविधा रहेका छन् ।

ADVERTISEMENT

त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्समार्फत् अस्पतालको बेड चार्जमा १० हजार रुपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च एक लाख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च एक लाखसम्म, अन्त्येष्टि यातायात खर्च एक लाखसम्म, अन्त्येष्टि खर्च १० हजारसम्म रहेको छ । आकस्मिक चिकित्सा कभरेजतर्फ दुर्घटनाका कारण हुने कुनै पनि उपचार खर्च एक लाखसम्म, पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएमा बीमितको पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्च दश हजार रुपैयाँ, स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधिभित्र भएको दुर्घटनाको क्षतिपूर्ति रहेको छ । अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यवसाय पूर्णरूपमा सञ्चालन गर्न नसकेमा २६ हप्तासम्म बीमाको पाँच प्रतिशत वा वार्षिक २० हजार बराबरको रकम उपलब्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज