लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । एमाले संसदीय दलका नेता एवं पोलिटब्यरो सदस्य लिला गिरी लुम्विनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

गिरीले लुम्विनी प्रदेशसभाका ८७ जना प्रदेशसभा सदस्य मध्ये ५८ जना सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गर्नु भएको थियो।

लुम्बिनी प्रदेशमा प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतीय सरकार गठनका लागि पुष २७ गते ४ बजे सम्मको समय सिमा तोकेर दिएकोसमय सिमामै गिरीले बहुमत सदस्यहरुको हस्ताक्षर सहित दावी पेश गर्नु भएको थियो।

ADVERTISEMENT

गिरीले दवी पेश गरे संगै प्रदेश प्रमुख शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम एमाले नेता गिरीलाई लुम्विनी प्रदेशको पांचौं मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नु भएको छ। ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमत पार्टीका ३–३ नागरिक उन्मुक्तिपार्टीका ४ जना र स्वतन्त्र २ जना सांसद रहेका छन्। त्यसैगरी कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन्।

गिरीलाई मुख्यमन्त्रीमा नियुक्तीका लागि एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमत पार्टीका ३–३ नागरिक उन्मुक्ति पार्टीका ४ जना, लोसपाका ३ र स्वतन्त्र २ जना सांसदले हस्ताक्षर गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?