सात सयभन्दा बढी अवैध क्रसर उद्योग बन्द

Read Time = 1 min

काठमाडौं । अवैधरूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैधरूपमा सञ्चालित सात सय ३७ वटा अवैध क्रसर बालुवा प्रशोधन उद्योग बन्द भएको गृह मन्त्रालयले जनाएको छ ।

दर्ता नभई सञ्चालनमा आएका क्रसर र बालुवा प्रशोधन उद्योग स्थानीय प्रशासनले बन्द गराएको गृह मन्त्रालयका प्रवक्ता) फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभएको हो ।

ADVERTISEMENT

हाल देशभर वैधानिकरूपमा आठ सय ४२ क्रसर र बालुवा उद्योग सञ्चालनमा रहेको गृह मन्त्रालयले जनाएको छ । नेपाल निर्माण व्यवसायीले भने क्रसर र बालुवा उद्योग बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज