काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद् विघटनको अधिकार प्रधानमन्त्रीमा नरहेको बताउनु भएको छ । मंगलबार संसदमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
एमाले अध्यक्ष केपी ओलीले संसद विघटन गर्ने अभिव्यक्ति गठबन्धन हो भन्दै प्रश्न गर्नुभएको उहाँले यसलाई प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताउनु भयो। प्रधानमन्त्रीले संसद्र विघटन गर्न नपाइने भन्दै उहाँले संसद विघटन गर्ने अधिकार नरहेकाले यस्ता गोलचक्करमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
नेता नेपालले अधिकार माग्नेप्रति मात्र होइन कर्तव्यप्रति जिम्मेवार बन्नुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उहाँले अधिकार माग्ने मात्र होइन कर्तव्य निर्वाहमा जिम्मेवार हुनेप्रति ध्यान जानुपर्ने बताउनु भयो ।
बजेट कनिका छरेर देश समृद्धि नहुने भन्दै उहाँले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताउनु भयो । देशको सबै धर्म, संस्कृति र भाषालाई जोगाउनुपर्ने बताउँदै अध्यक्ष नेपालले देशको अर्थतन्त्रको आधार रहेको कृषि क्षेत्रको विकास गर्नुपर्ने बताउनु भयो । देशको अर्थतन्त्रको आधारशीला रहेका पर्यटन र जलविद्युतको क्षेत्रको विषयलाई सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच