काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदलाई रबरको छायाँ बनाउन नहुने बताउनु भएको छ ।
प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले संसदलाई सरकारको रबरको छायाँ नभएर प्राज्ञिक थलो बनाउनुपर्ने बताउनु भयो ।
जनताको समस्या समाधान र उनीहरुको आवाज बुलन्द गर्न संसद प्रयोग गर्नुपर्ने भन्दै उहाँले यसअघि संसदमा प्रतिपक्ष दल प्रतिपक्षजस्तो नभएको आरोप पनि लगाउनु भयो ।






