डा. कोइरालासँग मुक्तिनाथको सहकार्य

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १६औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेशसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै डा. भगवान् कोइरालाको अध्यक्षतामा सञ्चालित गैरनाफामूलक संस्था काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थसँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका अध्यक्ष भरतराज ढकाल र डा. कोइरालाले हस्ताक्षर गर्नुभएको हो ।

ADVERTISEMENT

सम्झौताबमोजिम झापा दमकस्थित निर्माणाधीन बाल अस्पताल निर्माणका लागि बैंकले पाँच लाख रुपैयाँ सहयोग गर्नेछ । बैंकले गरेको सहयोगबाट बालबालिकाको स्वस्थ्योपचारमा आवश्यक पर्ने पूर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?