अवैध अनलाइन कारोबार बन्द गर्न निर्देशन

Read Time = 2 mins

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टोकरेन्सी, विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका वेबसाइट तथा एप्लिकेशन बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

आइतबार निर्देशन जारी गर्दै प्राधिकरणले नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी त्यस्तो वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न निर्देशन दिएको छ । निर्देशन पालना नगर्ने सेवा प्रदायकलाई कारबाही गरिने प्राधिकरणले जनाएको छ ।

ADVERTISEMENT

नेपालको मौद्रिक उपकरणका रूपमा कानुनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्किङ मार्केटिङलगायतका डिजिटल प्रविधि प्रयोग गरी विटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप्लिकेशन अनलाइन सञ्जाललगायतका भर्चुअल माध्यम नेपालभित्र प्रयोग भइरहेको उल्लेख गर्दै तत्काल बन्द गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?