काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । बैठकमा वर्तमान सरकारलाई विश्वासको मत दिने/नदिनेबारे छलफल गरिनेछ ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ ।
पुरानो गठबन्धन भत्किएर नयाँ सत्तासमीकरण बनेपछि लोसपाले सरकारलाई समर्थन गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने तयारी छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा