हरेक नागरिकको कुरा सुनेर काम गर्छौ : केसी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । काठमाडौं महानगरपालिका-१० का वडाध्यक्ष रामकुमार केसीले वडाका हरेक नागरिकको कुरा सुनेर काम गर्ने बताउनुभएको छ । शनिबार काठमाडौं महानगर १० कोे सार्वजनिक सुनुवाइ क्रममा आफ्नो भनाइ राख्नुहुँदै वडाध्यक्ष केसीले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

महानगरको सामाजिक समितिका संयोजकसमेत रहनुभएका केसीले वडाका हरेका व्यक्तिको गुनासो सुन्न सक्ने प्रणाली विकासमा प्रयास भइरहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘कुन समस्याको समाधान हुन सक्ने हो, समन्वय गराउने काम गर्छौँ’, वडाध्यक्ष केसीले भन्नुभयो, ‘स्वयम्सेविकाले महामारी जस्तो जटिल समयमा योगदान दिएका छन् । यस्तै, विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको छ । यी योगदानलाई संस्थागत गरेर नतिजालाई दिगो बनाउँछौ ।’

ADVERTISEMENT

यसैगरी, कार्यक्रममा बोल्नुहुँदै संघीय संसद सदस्य एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारमार्फत जनताका गुनासो सुनुवाइ गर्ने प्रणालीलाई संस्थागत गर्ने आफ्नो जिम्मेवारीलाई पूरा गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, सुरजचन्द्र लामिछाने, शान्ता ढकाल, वडा २९ का अध्यक्ष कुश ढकालसहित स्थानीयहरू सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *