अमेरिकाको सभामुखमा केभिन म्याकार्थी चयन

Read Time = 1 min

न्यूयोर्क । अमेरिकाको सभामुखमा केभिन म्याकार्थी चयन हुनुभएको छ । १५ चरणको चुनावपछि अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले रिपब्लिकन पार्टीका केभिन मेकार्थी सभामुखमा चयन गरेको हो । सभामा रिपब्लिकन पार्टीको बहुमत हुँदाहुँदै पनि उहाँलाई निर्वाचित हुन ठूलो संघर्ष गर्नुपर्‍यो ।

ADVERTISEMENT

आफ्नै पार्टीका सांसदहरूले मत नदिँदा चार दिनसम्म पटक-पटक उहाँको प्रयास असफल भएको थियो । अमेरिकी तल्लो सदनमा सभामुखले सदनको एजेण्डा तय गर्नुका साथै व्यवस्थापिकाको कामकारबाहीको नेतृत्व गर्ने गर्छन् । त्यस्तै, उपराष्ट्रपतिपछि राष्ट्रपतिको रोलक्रममा सभामुख दोस्रो स्थानमा हुने गर्छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज