न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदलको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनमत साझा कार्यक्रम ल्याउने निर्णय गरेको थियो ।

ADVERTISEMENT

विहीबार सरकारको साझा कार्यक्रम मस्यौदालाई अन्तिम रूप दिने भनिएको थियो । विहीबार मस्यौदालाई अन्तिम रूप दिन नसकेपछि आज पुनः बैठक बस्न लागेको बताइएको छ ।

एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *