काठमाडौं । आइएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटर महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नका रूपमा नयाँ डिलर विस्तार गरेको छ । उक्त डिलरको नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ, आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । सो अवसरमा कार्यकारी निर्देशक घिसिङले नेपालमा विद्युतीय सवारी लोकप्रिय बन्दै गएको भन्दै विद्युतीय सवारीसाधन प्रयोगले इन्धन आयात घटाउन र स्थानीयरूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्ने बताउनुभयो ।
आइएमई ग्रुपका अध्यक्ष तथा महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभो, ‘हामी गरिमा अटोलाई हाम्रो निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौँ र उहाँहरूलाई सफलताको कामना गर्दछाँै । आइएमई इलेक्ट्रिकले ई–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ र नयाँ ऊर्जा सवारीसाधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छाँै । राफ्ट टू-हिृवलर नेपालमा निकै लोकप्रिय बन्दै गएको छ । हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौँ । पेट्रोल आयात घटाएर वातावरण स्वच्छ राख्न र राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौँ ।’
गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले भन्नुभयो, ‘म आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारका रूपमा जोडिन पाउँदा निकै गर्व महसुस गरिरहेको छु र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुईपांग्र्रे सवारी उपलब्ध गराउन पाउँदा खुसी छु, राफ्ट इलेक्ट्रिक स्कुटर प्रयोगपछि सबै ग्राहक खुसी छन् ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts