काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ ।
विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो ।
लामो समयदेखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो ।
त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुईदुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन ।
त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो । विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोकिएको छ ।






