ग्लोबलले सबै प्रदेशमा महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने

Read Time = 3 mins

काठमाडौं । ग्लोबल आइएमई बैंकको १६औँ वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । महिला सशक्तीकरणको प्रयासस्वरूप बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरूपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गर्ने भएको हो । बैंकले हरेक प्रदेशमा शुक्रबारदेखि सप्ताहव्यापी एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।

शिविरमा स्त्रीरोग विज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा जस्तै, महिलाहरूको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्सको उपचार, औषधि वितरणलगायतका सेवा निःशुल्करूपमा उपलब्ध हुनेछन् । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका पाँचजना गम्भीर बिरामी र पाठेघरको क्यान्सरको गम्भीर अवस्था भएका एकजना बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।

ADVERTISEMENT

नेपाल परिवार नियोजन संघसँगको प्राविधिक सहयोग तथा सम्बन्धित गाउँपालिका/नगरपालिकाको समन्वयमा सम्पन्न हुने कार्यक्रमअन्तर्गत, प्रदेश १ को इलाम नगरपालिका १, साँखेजुङस्थित वडा कार्यालयमा पुस २२ गते, मधेश प्रदेशको रौतहटको फतुवा विजयपुर नगरपालिका ७ स्थित रौतहट प्राथमिक उपचार केन्द्र, बागमती प्रदेशको दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका ६, लापिलाङस्थित पारच्याङ स्वास्थ्य चौकीमा पुस २२ गते, गण्डकी प्रदेशको बागलुङको निसिखोला गाउँपालिका-३, झिवाखोलास्थित बोहोरा गाउँ स्वास्थ्य चौकीमा पुस १६ गते, लुम्बिनी प्रदेशको रोल्पा, रुन्टीगढी नगरपालिकास्थित होलेरी प्राथमिक स्वास्थ्य केन्द्रामा पुस २२ गते, कर्णाली प्रदेशको सुर्खेत, लेकबेंसी नगरपालिका ६, स्थित कल्याण स्वास्थ्य चौकीमा पुस २५ गते र सुदूरपश्चिम प्रदेशको डोटी, जोरायाल नगरपालिका ५, खहडास्थित गडशेरा स्वास्थ्य चौकीमा पुस २३ गते निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?