यस्तो छ आजको तरकारीको मुल्य

Read Time = 2 mins

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार हरियो तरकारी तथा फलफूलको मूल्य तोकेको छ । जसअनुसार रातो आलु प्रतिकेजी ४५ रुपैयाँ, नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

यस्तै कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २८० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, काउली स्थानीय ३० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ५० रुपैयाँ रहेको छ ।

ADVERTISEMENT

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, प्याज हरियो ७० रुपैयाँ, भिण्डी १०० रूपैयाँ, सेतो लोकल मुला १५ रुपैयाँ, लौका ५० रुपैयाँ,  घिरौला ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज