न्यूनतम साझा कार्यक्रम सार्वजनिकको तयारी, आज बैठक बस्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक आज बस्दैछ । सत्ता साझेदार दलले केही दिनभित्रै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।

त्यसका लागि आज कार्यदलको बैठक बस्न लागेको हो । कार्यदलले कार्यक्रमको खाका सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

ADVERTISEMENT

एमालेका उपाध्यक्षसमेत रहनुभएका अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम चरणमा पुर्याएको दावी गरेको छ ।

उक्त समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डाक्टर धवलशम्शेर जबरा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डाक्टर मुकुल ढकाल सदस्य रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *