वार्षिकोत्सवका अवसरमा एकै दिन मुक्तिनाथका १३ शाखा

Read Time = 3 mins

काठमाडौं । जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ भन्ने नाराका साथ २०६३ पुस १९ गतेदेखि सञ्चालनमा आएको मुक्तिनाथ विकास बैंक पुस १९ गते १७औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले कार्यक्रम आयोजना गरेको छ । बैंकले डिजिटल माध्यमद्वारा एकै साथ १३ शाखा तथा एक्सटेन्सन काउन्टरको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ । शाखा उद्घाटन गर्दै बैंकका अध्यक्ष भरतराज ढकालले सेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा शुभचिन्तकलाई धन्यवाद दिनुभयो ।

साथै उहाँले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र विकासमा बैंकले योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकले हासिल गरेका उपलब्धि, चुनौतीका साथै भावी रणनीतिबारेमा प्रकाश पार्दै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न अभियान सञ्चालनमा ल्याएको बताउनुभयो । जसअन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम गरी एक सय ७४ युनिट रगत संकलन, विभिन्न स्कुल तथा उच्च माध्यमिक विद्यालयमार्फत् कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति तथा विविध सामग्री वितरण, सेवाको भावनाले स्थापित अस्पताल निर्माणमा सहकार्य, स्वच्छ पिउने पानी व्यवस्थापनका लागि सहयोग, वृद्धा, अनाथ तथा बालबालिका क्षेत्रमा कार्य गर्ने मानव आश्रममा आत्मनिर्भरता बढाउन ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ सम्बन्धी सामग्री हस्तान्तरण र न्यानो कपडा वितरणलगायत कार्र्य गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?