काठमाडौं । वीर अस्पतालमा पनि फोनपे क्युआरमार्फत् भुक्तानी गर्न सकिने भएको छ । वीर अस्पतालमा अबदेखि फोनपे क्युआरबाट सहजै भुक्तानी गर्न सकिने भएको हो ।
वीर अस्पतालमा डाइनामिक क्युआर कोडको सिस्टम सुरु गरिएसँगै बिरामीको उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको वीर अस्पतालका कार्यकारी निर्देशक भुपेन्द्रकुमार बस्नेतले बताउनुभयो । फोनपे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुविधा उपलब्ध गराइएको हो ।
अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधासमेत थप गरिएको अस्पतालले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements