वीर अस्पतालमा क्युआर भुक्तानी सेवा

Read Time = 1 min

काठमाडौं । वीर अस्पतालमा पनि फोनपे क्युआरमार्फत् भुक्तानी गर्न सकिने भएको छ । वीर अस्पतालमा अबदेखि फोनपे क्युआरबाट सहजै भुक्तानी गर्न सकिने भएको हो ।

वीर अस्पतालमा डाइनामिक क्युआर कोडको सिस्टम सुरु गरिएसँगै बिरामीको उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको वीर अस्पतालका कार्यकारी निर्देशक भुपेन्द्रकुमार बस्नेतले बताउनुभयो । फोनपे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुविधा उपलब्ध गराइएको हो ।

ADVERTISEMENT

अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधासमेत थप गरिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?