जिल्ला प्रशासन कार्यालय बैतडीमा टाइम कार्ड लागू

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले कार्यालय मार्फत प्रवाह हुने सेवालाई व्यवस्थीत र नागरीक मैत्री बनाउनका लागि टाइम कार्ड लागु गरेको छ ।
मंगलबारदेखि कार्यालय मार्फत सेवा लिन आउने सेवाग्राहीले एक घण्टा भित्र नै सेवा पाउने गरी टाइम कार्ड लागु गरीएको जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा सोमबार बसेको बैठेकले मंगलबारबाट लागु गर्ने निर्णय गरेको थियो ।

सेवाग्राहीको उच्च चाप र न्युन जनशक्तिका बिच पनि नागरीकहरलाई छिटो छरितो ढंगले सेवा दिने उदेश्यले टाइम कार्ड लागु गरिएको हो । यसअघि पनि जिल्ला प्रशासनले टोकन प्रणालीअनुसार सेवा दिइरहेको थियो । टोकन प्रणाली पनि कायम संगै टाइम कार्ड अनुसार पनि सेवा प्रवाह गरीने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेवा ग्राहीले पूर्ण कागजात सहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई पाउने सूचना अधिकारी बोहराले बताउनुभयो ।

ADVERTISEMENT

नागरिकता, राहादानी लगायतका जुन सेवा लिदा पनि प्रयाप्त र पूर्ण सक्कल कागजातसहित आउनु पर्नेछ । प्रशासन कार्यालयमा सोमबार बसेको बैठेकले मंगलबारबाट लागु गर्ने निर्णय गरेको थियो । सोही अनुरुप टाइमकार्ड लागु गरिने निर्णय गरिएको हो ।

यस्तै आजदेखी जिल्ला प्रशासन कार्यालयमा सूचना प्रविधी सहायत कक्ष पनि स्थापना गरिएको छ । सूचना प्रविधीको बिकास तिव्र भएपनि आम सेवाग्राहीको उक्त प्रविधीमा सेवाग्राहीको पहुँच कमजोर भएकाले सो कक्ष कार्यालय परिसरमा ल्याइएको हो । राहादानी र राष्ट्रिय परिचयपत्रका पूर्व नामाङ्कन (Pre-Enrollment ) का सबै सेवा जिल्ला प्रशासन कार्यालय भित्रैबाट नै निशुल्क रुपमा प्रवाह हुने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?